सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड

२ हप्ता अगाडि

काठमाडौं - साताको तेस्रो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

सुनको मुल्य १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ । आज छापावाला सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार  भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।   सोमबार छापावाला सुन तोलामा १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यस्तै चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।

२ हप्ता अगाडि

प्रतिक्रिया