नेपाल चेम्बर अफ कमर्समा अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध चयन

२ हप्ता अगाडि

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध चयन भएका छन्। जमलस्थित चेम्बर भवनमा मंगलबार भएको ७३औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हो।

अध्यक्ष अग्रवालसहित चेम्बरको कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा चयन भएका छन् ।वार्षिक साधारणसभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ ।

त्यसैगरी, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत सङ्घतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियतर्फ नीलकण्ठ चौलागाईं र जिल्लातर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । कुल ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनीतबाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

२ हप्ता अगाडि

प्रतिक्रिया