जनउत्थानको १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

बुधबार, २८ चैत्र २०८०, ०८ : ४७

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.द्वारा मिति २०८० चैत्र २७ गते का दिन संस्था स्थापनाको १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ ।

संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा १४औं वार्षिक उत्सव कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशक जिवन प्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा होटल न्यू इरा, बुटवल, रुपन्देहीमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशकले १४औं वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना दिदैँ नेपालमा रहेका लघुवित्तहरु मध्ये जनउत्थान सामुदायिक लघुवित्तको उदेश्य तथा लक्षित समुदाय अलि फरक रहेको बताए । कार्यक्रममा बोल्दै पछिल्लो समय बजारमा विभिन्न समुहहरुले लिएको ऋण तिर्नु पर्दैन राज्यले मिनाह गर्छ भन्ने खालका भ्रामक सन्देशहरु सम्प्रेषण गरेका छन त्यसका पछि नलागी आफूले लिएको ऋणको सही सदुपयोग गरी तिर्नु पर्ने साँवा तथा ब्याज समयमा तिरी एक असल ऋणीको पहिचान स्थापित गर्न सुझाव दिएका थिए। कार्यक्रम सञ्चालन भरत कुमार रसालीले गरेका थिए ।

कार्यक्रममा सञ्चालक तथा पूर्व अध्यक्ष रेवन्त बहादुर विश्वकर्मा, सञ्चालक मान बहादुर विश्वकर्मा ९एम।बी०, संस्थापक जोगलाल विश्वकर्मा, संस्थापक माधव प्रसाद नेपाल, वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा बोल्दै वित्तीय संस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माले १४औं वर्ष सम्म यस संस्थालाई साथ र सहयोग गर्नुहुने नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकाय तथा सरोकारवाला निकायहरु प्रति हार्दिक आभार प्रकट गरे।

सोही कार्यक्रममा विभिन्न बैंकिङ्ग समुदायबाट प्रतिनिधत्व गरी आउने सदस्यहरुले सफलताका कथा, कविता, गित तथा सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद उपाध्यायले गरेका थिए ।

१४औं वार्षिकोत्सवको सन्दर्भमा संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, सामुदायिक विद्यालयहरुमा पंखा, वाटर फिल्टर लगायत भौतिक सामाग्री वितरण, दृष्टि विहीन, स्वास्थ्य संस्थाहरुमा भौतिक सामाग्री वितरण, अपाङ्ग, जेष्ठ नागरीकहरुलाई सम्मान, अनाथ आश्रम तथा वृद्धा आश्राममा जिन्सी तथा खाद्यन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, फलफुल वितरण, स्थानिय प्रहरी चौकीहरुमा भौतिक सामाग्री वितरण, मन्दिर परिसर सरसफाई, कृषक सदस्यहरुलाई विऊ विजन वितरणा लगाएतका कार्यक्रमहरु गर्नुका साथै सम्पूर्ण शाखा कार्यालयहरुबाट सृर्जनात्मक कार्यहरु गरी मनाएको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले गराए।

वित्तीय संस्थाले आफ्नो १४औं वर्ष सम्मको यात्रामा पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्लाहरु र थप ८ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत करिव ४५,००० समुह सदस्यहरुका माझ सेवा जनउत्थानको १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रम सम्पन्न भएको थियो । साथै समुह सदस्यको मागमा आधारित विभिन्न सीप मूलक तालीमहरु, वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्व संग सम्बन्धित सेवाहरु समेत प्रदान गर्दै आएको छ ।

बुधबार, २८ चैत्र २०८०, ०८ : ४७

प्रतिक्रिया