सेयर धनीलाई रित्तो हात पार्दै मनकामना स्मार्ट लघुवित्तले बोलायो साधारण सभा

१ महिना अगाडि

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले भोली बिहीबार चैत २९ गतेका दिन वार्षिक साधारण सभा बोलाएको छ ।

सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा बस्ने भएको छ। यस लघुवित्तले गत वर्षको नाफाबाट सेयर धनीलाई लाभांश नदिने जनाएको छ। कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ।

 चैत १५ गतेसम्म कायम सेयर धनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । 

१ महिना अगाडि

प्रतिक्रिया