तोलामा ५ सय रुपैयाँ बढ्यो  सुनको मुल्य

२ हप्ता अगाडि

काठमाडौं- सुनको भाउ बुधबार तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य अहिलेसम्मकै उच्च हो । दैनिक मूल्य बढिरहँदा उच्च रेकर्ड बनिरहेको छ । चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलामा १५ रुपैयाँ बढेको हो ।

 

२ हप्ता अगाडि

प्रतिक्रिया