‘टोयोटा विमन्स मोटर र्‍याली २०२४’ वैशाख ८ गते आयोजना गर्दै

३ हप्ता अगाडि

काठमाडौँ । टोयोटा गाडीको आधिकारिक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा विमन्स मोटर र्‍याली २०२४’ वैशाख ८ गते आयोजना  गर्ने भएको छ । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते मोटर र्‍याली आयोजना गर्दै छ ।

सो र्‍यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलाहरू माझ सौहार्द्रता र साहसिक भावनाको प्रवर्द्धन गर्नु रहेको कम्पनीले उल्लेख गरेको छ। २० वर्षअघिदेखि शुरू भएको र्‍याली मोटर स्पोर्टस्‌को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम रहँदै आएको कम्पनीले जनाएको छ। र्‍यालीले महिलाहरूलाई सशक्तीकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने कम्पनीको विश्वास छ।

कम्पनीले र्‍यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वान समेत गरेको छ। र्‍यालीमा कुनै पनि गाडी मार्फत सहभागिता जनाउन सकिने छ । यो र्‍याली मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ्ग विधाको टिडिएस र्‍याली हो । टाइम ९समय०, डिस्ट्यान्स (दुरी), र स्पिड (गति) अर्थात् टिडिएस र्‍याली अन्तर्गत गन्तव्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरू निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पिड तय गरिएको हुनेछ र त्यही सबैलाई मध्यनजर गरी अन्त्यमा विजेता घोषणा हुनेछ ।

यो र्‍यालीमा काठमाडौँको विभिन्न सहरहरू परिक्रमा हुनुको साथै संस्कृति सम्पदा हुँदै गन्तव्यमा पुगी र्‍यालीको समापन हुनेछ । अन्त्यमा कम्पनीले विजेताहरूलाई उचित पुरस्कार उपलब्ध गराउनुको साथै र्‍याली समापन हुने ठाउँमा सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य यस र्‍यालीमा कार्निवल आयोजना गरिनेछ ।

३ हप्ता अगाडि

प्रतिक्रिया