एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट

३ हप्ता अगाडि


काठमाडौं - एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । 

आज विहान १ बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका- ४ मा​ रहेको एनसेल टावरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले पुष्टि गरे । विस्फोटबाट टावरका तारहरू जलेको र आसपासको क्षेत्रमा एनसेलको मोबाइल सेवा अवरुद्ध भएको छ । बम विस्फोट भएको ठाउँमा जनमुक्ति सेना नेपालको पर्चा भेटिएको डीएसपी खड्काले जानकारी दिए ।​ उनका अनुसार घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया