डुब्दै नागरिक बिकास सहकारी, ऋण खानेले पचाए, बचतको रकम कता गयो ?

१ महिना अगाडि

काठमाडौं– बचत तथा ऋणको कारोबार गर्ने  सहकारीहरु अहिले गम्भीर वित्तीय संकटबाट गुज्रिरहेका छन्। जसमध्ये बनेपामा रहेको नागरिक बिकास बचत तथा ऋण सहकारी संस्था समस्यामा देखिएको छ । संस्थाबाट प्रवाह गरेको कर्जा उठाउन नसकेपछि सहकारी समस्याग्रस्त बनेको हो । 

सहकारी बाट लाखौँ रुपैयाँ ऋण लिएर भाखा नाघेको बर्षौ बित्दा पनि ऋण नतिरेको र ऋण नउठ्ने गरी लगानी भएको बुझिएको छ ।  सहकारीकै एक बचतकर्ताले आजको अर्थलाई बताएका छन् । हाल संस्था भने खुल्ने गरेको तर एक दुई जना कर्मचारी मात्र संस्थामा उपस्थित भएको उनले बताए । संस्थाका हाल प्रबन्धक रहेका नरेन्द्र राना मगर भने विगत दुई तिन महिनादेखि संस्थाको कुनैपनि गतिविधिमा उपस्थित भएका छैनन् ।  उनि सो संस्थाको पुर्व अध्यक्ष पनि हुन् र उनको पाला देखिनै सहकारीमा समस्या उत्पन्न भएको संघर्ष समितीका अध्यक्षले बताएका छन् । 

17128194729051712819472901

१ महिना अगाडि

प्रतिक्रिया