बैंकहरुले सवारी कर्जामा गरे ८ महिनामा १ खर्ब १६ अर्ब लगानी

१ महिना अगाडि

काठमाडौँ - चालु आर्थिक वर्षको ८ महिनामा बैंकहरुले सवारी कर्जामा मात्र १ खर्ब १६ अर्ब भन्दा बढी लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको फागुन महिनाको वित्त रिपोर्ट अनुसार वाणिज्य बैंकहरुले हायर पर्चेज कर्जाको शीर्षकमा १ खर्ब १६ अर्ब १८ करोड ५० लाख रुपैयाँ लगानी गरेका हुन् ।  यो अघिल्लो माघ महिनामाको तुलनामा ३.८५ प्रतिशतले बढी हो । माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले हाइयर पर्चेज कर्जामा कूल १ खर्ब ११ अर्ब ८७ करोड ७० लाख रुपैयाँ लगानी गरेका थिए । 

तथापि, अघिल्लो आर्थिक वर्ष २०७९\८० को असार मसान्तसम्मा बैंकहरुले यस्तो शीर्षकमा १ खर्ब ३१ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । पछिल्लो ८ महिनामा नै सवा खर्ब भन्दा बढी लगानी भएको स्थितिमा यो वर्ष लगानीको अभावमा बैंकहरु सवारी कर्जातर्फ आकर्षित भएको देखिन्छ । अझ बढी बैंकहरु विद्युतीय सवारीतर्फ आकर्षित भएका छन् । 


 

१ महिना अगाडि

प्रतिक्रिया