सालको अन्तिम दिन सुनको मूल्यमा नँया रेकर्ड

३ हप्ता अगाडि

काठमाडौँ - सालको अन्तिम दिन आज सुनको मूल्यले रेकर्ड कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया