गढवालका कृषकलाई अनुदानमा राँगा

३ हप्ता अगाडि

काठमाडौँ - दाङको  गढवा गाउँपालिकाले भैंसी पालक पालिका भित्रका दिदिबहिनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउन ५ वटा उन्नत जातको वीउ राँगाा वितरण गरेको छ । 

पालिकाले बिहीबार उक्त वीउ राँगा किसानलाई दिएको हो । पालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भिटा परियोजना मार्फत भैंसी पालक कृषकहरुलाई ५ वटा उन्नत जातको वीउ राँगा वितरण गरिएको जानकारी दिए ।  गढवा २ की भानमती यादव, गढवा ४ की संगिता न्योपाने, गढवा ६ की उषा कुमारी यादव, गढवा ५ का हेमन्त कुमारी यादव र गढवा ७ की इन्द्र कुमारी यादवलाई उन्नत जातको वीउ राँगा वितरण गरेको हो । उनले पालिकाले सबै भन्दा ठुलो भिटा परियोजना मार्फत कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलतामा बिशेष कार्यक्रमहरु गरिरहेको समेत जानकारी गराए । 

३ हप्ता अगाडि

प्रतिक्रिया