मुक्तिनाथ दर्शनका लागि आएका २९ जनाको लेक लागेर मृत्यु

२ हप्ता अगाडि

काठमाडौँ - मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटक २९ जनाको लेक लागेर ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार आर्थिक वर्ष २०७८\]७९ मा ६ जना, २०७९\८० मा १२ जना र चालु आर्थिक वर्षमा ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै भारतीय नागरीकहरु २० जनाको ज्यान गएको छ । त्यस्तै, सात जना नेपाली एक जना युक्रेन र एक जना थाइल्याण्डका नागरिकको लेक लागेर मृत्यु भएको हो । चालु आर्थिक वर्षको फागुनमा २ जना र चैत महिनामा ६ जनाको मृत्यु भएको प्रनाउ पाण्डेयले जानकारी दिए। अधिकांश ज्येष्ठ नगारिकको लेक लागेर मत्यु भएको देखिएको उनको भनाइ छ । पछिल्लो तीन वर्षको अवधिमा २१ जना ६० वर्षभन्दा बढी उमेरका नागरिकहरुको लेक लागेर ज्यान गएको छ । त्यस्तै, तीन जना ४०–५० वर्ष उमेरका, चार जना ५०–६० वर्ष उमेरका र दुई जना ३०–४० वर्ष उमेर समूहका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कले देखाएको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ झारकोट स्वास्थ्य चौकीका सिनियर अहेब सुवास अधिकारीका अनुसार तल्लो क्षेत्रबाट माथिल्लो उचाइमा पुग्दा समस्या हुने गरेको छ । समुद्री सतहदेखि एक्कासी तीन हजार मिटरभन्दा माथिको उचाइमा पुग्दा ज्येष्ठ नगारिकलाई समस्या हुने र त्यसले मृत्युसम्म नै हुन सक्ने उनको भनाइ छ । उनका अनुसार तल्लो क्षेत्रबाट आउनेहरुमध्ये ११ जनालाई मुक्तिनाथ मन्दिरमा आइपुग्दा लेक लागेको हो भने अरुलाई अन्यत्रै लेक लागेको देखिन्छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ट्राभल एजेन्सीहरु सँग पनि समन्वय र सहकार्य गरेर पर्यटकलाई मौसमसँग घुलमिल हुने वातावरण बनाउन आग्रह गरिएको बताए । मुस्ताङकी स्थानीय श्रीमायाँ थकालीले जिल्लामा आइपुग्दा पर्यटकको निधन हुँदा दुःख लाग्ने बताए । 
 

२ हप्ता अगाडि

प्रतिक्रिया