कुमारी बैङ्कको भाग्यशाली एक ग्राहकले आइफोन १५ जित्ने मौका

शनिबार, ०१ बैशाख २०८१, १६ : ५२

काठमाडौँ - कुमारी बैङ्कले आफ्ना ग्राहकहरूका लागि डिजिटल बैङ्किङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी’ सुचारु गरेको छ । 

यस अभियान अन्तर्गत कुमारी बैङ्कका नयाँ तथा पुराना ग्राहकहरूले कुमारी स्मार्ट एप प्रयोग गरी ५ सय रुपैयाँको टपअप र कुनै पनि एउटा डाटा प्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आइफोन १५ जित्न सक्नुहुनेछ । यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैङ्किङ्गमा दर्ता गर्न सक्नुहुनेछ । साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ । 

नेपाली वित्तीय बजारमा आधुनिक बैङ्किङ्ग सेवाहरू उपलब्ध गराउने उद्देश्यले कुमारी बैङ्क २०५७ चैत २१ गतेबाट बैङ्किङ्ग कारोबार सुरु गर्दै नेपालको पन्ध्रौँ वाणिज्य बैङ्कको रूपमा अस्तित्वमा आएको हो ।कुमारी बैङ्कले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैङ्किङ्ग एकाइहरूसहित देशका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरूमार्फत आधुनिक बैङ्किङ्ग सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

शनिबार, ०१ बैशाख २०८१, १६ : ५२

प्रतिक्रिया