आज गोलभेडा,काउली, ब्रोकाउली, बरेलादेखि चुकुन्दरसम्मको मूल्य प्रतिकेजी ६५ रुपैयाँ

२ हप्ता अगाडि

काठमाडौं- कालीमाटी  फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज गोलभेडा, स्थानीय ज्यापु काउली, ब्रोकाउली, बरेलादेखि चुकुन्दरसम्मको थोक औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ । यसैगरी आज रातो बन्दा र ग्याठ कोबीलाई पनि प्रतिकेजी ६५ रुपैयाँ पर्नेछ । 

यसैगरी, ठुलो गोलभेडा, सलगम, न्यूरो, सखरखण्ड, गान्टे मूला, रुखकटरहलगायतको मूल्य आज प्रतिकेजी ७५ रुपैयाँ तोकिएको छ भने रातो आलु ४२ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ६७ रुपैयाँ ३३ पैसा, तराई गाजर, लोकल बन्दा, डल्लो भनटा र हरियो फर्सी प्रतिकेजी ३५ रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ । 

त्यस्तै, तने बोडी, टाटे सिमी, घिरौला, नेपाली मेवा र हरियो खुर्सानीको मूल्य प्रतिकेजी ८५ रुपैयाँ, मटरकोशा, सिमी, परवर, भिण्डी, पिँडालू र लोकल काँक्रो प्रतिकेजी ९५ रुपैयाँ, तितो करेला ११० रुपैयाँ, लौका,र जिरीको साग प्रतिकेजी ५५ रुपैयाँ, डल्लो फर्सी र तोरीको साग ४५ रुपैयाँ, पालूगो, चमसूर, मेथी र सौफको साग १४५ रुपैयाँ, कुरीलो ४२३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ ११६ रुपैयाँ ६७ पैसा र डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया