सेयर बजारको दुई हजारको मनोवैज्ञानिक  अबरोध हट्ला ?

सेयर बजार

२ हप्ता अगाडि

काठमाडौं -  यसवर्षको पहिलो कारोबार नेप्से परिसूचक आइतबार घटेपछि सोमबारको  सेयर कारोबार कस्तो होला भन्ने लगानीकर्ताहरुमा चासो बढेको छ । अघिल्लो वर्षभरी नेप्से सूचक दुईहजार दुई सयभन्दा माथिल्लो विन्दुमा जान सकेन । एक वर्षभित्रको कारोबारलाई अध्ययन गर्ने हो भने ७ साउन यता नेप्से सूचक २२ सयको विन्दुमा छुन सकेको छैन । दुईहजारको मनोवैज्ञानिक विन्दुबाट माथिल्लो विन्दु जान बाधक बनेको सेयर बजारलाई आगामी बजेट र नीति तथा कार्यक्रमले ल्याउने योजनालाई पनि लगानीकर्ताहरुले नियालिरहेका छन् । बैंकको ब्याजदर घट्दोक्रममा रहेको छ, छोटो समयका लागि लगानीकर्ताहरुले बजारबाट पनि राम्रौ नाफा आर्जन गर्न सकिन्छ भन्ने विश्वास बढेको देखिन्छ ।

अघिल्लो दिन सामान्य अंक दुई दशमलव ३५ अंकले घटेर दुई हजार २३ दशमलव ३५ विन्दुमा बन्द भएको थियो । त्यस्तै धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका तीन सय २० कम्पनीको  तीन अर्ब माथिको कारोबार भएको थियो । पछिल्लो समय बजार निरन्तर घटिरहेको छ । अर्थमन्त्री वर्षमान पुनको  आगमनको केहीदिन सुधार देखिएको बजार उनको निष्कृयतासँगै  बजार पुन घट्न पुगेको लगानीकर्ताहरुको विश्लेषण छ । यद्यपी पुनले पुँजी बजारको नियामक निकायसँग सुधारसहितको कार्ययोजना मागेर कार्यान्वयनमा लैजाने तयारी भइरहँदा लगानीकर्ता आशावादी छन् ।

माइक्रोफाइनान्समा लगानीकर्ता आकर्षण बढ्दो :

पछिल्लो समय माइक्रो फाइनान्सको सेयरमा लगानीकर्ताको आकर्षण बढाउन थालेका छन्।  आइतबारको सेयर कारोबारमा पनि सिर्जनशील लघुवित्त वित्तीय संस्था, एनआइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट मूल्यमा कारोबार भएको थियो ।  हुन लगानीकर्ताहरुको मनोविज्ञान फरक फरक कम्पनीमा आधारित रहेर सेयर कारोबार गर्ने भन्ने हुन्छ , सेयर बजारमा  लगानीकर्ताहरुको  फरक कम्पनीलाई आधार मानेर गरेको कारोबारबाटै पुँजी बजारलाई  सुधारत्मक बनाउन सकिने विश्लेषण लगानीकर्ताहरुको हुन्छ । पछिल्लो केही दिन यता जलविद्युत कम्पनी, फाइनान्स र इन्स्योरेन्स कम्पनीहरुमा लगानीकर्ता आकर्षण बढाउन थालेका छन् । 

२ हप्ता अगाडि

प्रतिक्रिया