सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट शिवम्

२ हप्ता अगाडि

काठमाडौँ - शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा सिमेन्ट बेचेको छ।

सो परिमाणको सिमेन्ट बिक्री गरी शिवम् सिमेन्ट सर्वाधिक सिमेन्ट बिक्री गर्ने कम्पनी बनेको कम्पनीको दावी छ । यसले आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको। यो सर्वसाधारणको लागि सेयर जारी गर्ने पहिलो सिमन्ट कम्पनी हो । यो कम्पनीले ४३ र ५३ ग्रेडमा उत्पादन गर्दै आएको छ।

यो यो कम्पनीले एनएस क्वालिटी अवार्ड-२०१९ बाट सम्मान पाएको छ। सन् २००३ मा मध्ये नेपालको हेटौडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक तीन हजार टन ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।  ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ भन्ने मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सलेआफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ।

२ हप्ता अगाडि

प्रतिक्रिया