अमेरिकामा 'ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्श' गठन

२ हप्ता अगाडि

काठमाडौँ - अमेरिकाको न्युयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरू सङ्गठित भएका छन्। 

उनीहरूले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्श गठन गरेका हुन् । न्युयोर्क, न्युयोर्क र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली भाषी व्यवसायीहरु संलग्न रहेको यो संस्थामा ७४ वटा व्यवसायिक कम्पनी आवद्ध भएका छन् । एक वर्षसम्मको तयारीपछि गरिएको साधारणसभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । नयाँ वर्षको अवसर पारेर न्युयोर्कमा गरिएको कार्यक्रममा संस्थाको कार्यसमितिसहित आधिकारीक घोषणा गरिएको हो । समितिमा छेपाक दोर्जे गुरुङ, छिरिंग गुरुङ, डा। सुलोचना गुरुङ, दीपक श्रेष्ठ, नेभिन क्षेत्री र निश्चल बाँस्कोटा सदस्य रहेका छन् । 

संयुक्त राष्ट् संघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि एवं राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको घोषणा सभामा नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, न्युयोर्क राज्य एसेम्बली मेम्बर स्टिभेन रागा, क्विन्स बोरो डेपुटि प्रेसिडेन्ट ईबोनि योंग, न्युयोर्क सिटी मेयर अफिस स्मल विजिनेश सर्भिसका डेपुटि डाइरेक्टर हरिस खान, सुप्रिम कोर्ट जज कासान्द्रा जोनसनलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । करिब दुई वर्षको अनौपचारिक छलफल र कानुनी प्रक्रिया पूरा गरी गत मार्च २४, २०२४ मा संस्थाले पहिलो साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आठ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा अमित प्रताप शाह, ग्याल्जेन नुरु शेर्पा, खगेन्द्र जिसी, मनिता देवि गुरुङ, नवराज केसी,पासाङ नुरु शेर्पा, समीर महर्जन र उर्गेन शेर्पा रहेका छन् ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया