लक्ष्मी सनराइज बैंकले कति कार्बन उत्सर्जन गर्यो ?

२ हप्ता अगाडि

काठमाण्डौ –लक्ष्मी सनराइज बैंकले कार्बन उत्सर्जन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७९\८० सम्मको सवारी साधन कर्जा तथा आवासिय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप(पीसीएएफ)सँग २०२१ देखी आवद्व हुँदै आएको छ। पीसीएएफ वित्तीय संस्थाहरुको विश्वयापी साझेदारी समूह हो जसले वित्तीय संस्थाहरुको कर्जा र लगानीका क्षेत्रहरु मार्फत उत्सर्जन हुने हरित ग्यास गृहको मुल्याङ्कन र सोको विवरणहरु संकलन र सार्वजनिक गर्ने काम गर्छ।

बैंकद्वारा प्रकाशित विवरणमा बैंकको सवारी साधन कर्जा र आवासिय कर्जामार्फत गत आर्थिक वर्षसम्म कुल १५ हजार ९६५.११ टन कार्बनडाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाइएको छ । जसमध्ये सवारी साधन कर्जामार्फत ३ हजार ६४४.५१ र आवासिय कर्जामार्फत १२ हजार ३२०।६० कार्बन उत्सर्जन भएको छ। साथै, बैंकले आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको ‘टीसीओटु ई’ को असरलाई न्यूनिकरण गर्न पहल अगाडी बढाईसकेको जनाएको छ। 

२ हप्ता अगाडि

प्रतिक्रिया