डिश मिडिया नेटवर्कको सीईओमा मानन्धर नियुक्त

२ हप्ता अगाडि

काठमाडौँ - डिश मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन्।

२५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा काम गरेका मानन्धरले आज देखि सीईओको कार्यभार सम्हालेको कम्पनीले जनाएको छ। यस अघि उनले मशरेक बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतमा आफ्नो अनुभवले उच्च व्यवस्थापनमा सफल नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । मानन्धरले डिश मिडिया नेटवर्कको कार्यभार सम्हालेर व्यवस्थापनलाई सुदृढ बनाउँदै कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवाहरुलाई थप गुणस्तरीय बनाउन प्रमुख भूमिका खेल्ने विश्वास कम्पनीले जनाएको छ  ।

२ हप्ता अगाडि

प्रतिक्रिया