धितोपत्र बोर्डको अध्यक्षको हैसियत अर्थमन्त्रालयको सदस्यलाई, सेयर बजारमा कस्तो पर्ला प्रभाव ?

१ हप्ता अगाडि

काठमाडाैं- धितोपत्र  बोर्डको अध्यक्षको हैसियत अर्थमन्त्रालयको सदस्यले पाउने भएको छ। बोर्ड अध्यक्ष रिक्त रहेको वा सरकारले निलम्बन गरेको अबस्थामा सरकारले   धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन नै सदस्यलाई बोर्ड अध्यक्ष बराबरकै  अधिकार पाउने भएका हुन् । यसले सेयर बजारलाई कस्तो प्रभाव पार्छ भन्ने कुराले अर्थ राखेको छ । पछिल्लो  करिब ६ महिनादेखि बोर्ड अध्यक्ष रिक्त रहेको अबस्था छ  प्राथमिक सेयर निष्कासन ( आइपिओ) निकाष्कासन गर्न चाहाने कम्पनीले अनुमति पाउन सकेका छैनन् यसले लगानीकर्ताहरुलाई निराश बनाइरहेको छ ।

अर्को तर्फ कानुनै संशोधन गरेर अर्थमन्त्रालयको पदाधिकारीलाई बोर्डको जिम्मेवारी दिँदा  कतिपय अबस्थामा गम्भिर प्रभावपर्न सक्ने लगानीकर्ताहरुको भनाई छ । संशोधित ऐनले  सेयर बजारमा हुन सक्ने भित्री चलखेलको अनुसन्धान गर्ने जिम्मा प्रहारीलाई दिएको छ । प्रारम्भिक रुपमा धितोपत्र  चलखेलको  अनुसन्धान बोर्डले गर्ने भएपछि त्यसलाई छुट्टै  प्रहरी अधिकृत नै तोकेर  अनुसन्धान गर्ने जिम्मा प्रहारीले पाएका छन् । यसले लगानीकर्ताहरुमा डर बढेको अनुमान गरिन्छ । जसको प्रभावमा सोमबारको सेयरमा पनि देखिएको छ ।


सोमबार नेप्से सूचक १६ दशमलव ८२ विन्दुले घटेर दुई हजार ६ दशमलव ५२ विन्दुमा आइपुगेको छ । आइतबार दुई दशमलव ३५ अंकले घटेको बजार सोमबार पुनः ठूलो अंकले घट्नुलाई प्रहरीले नै हेर्ने कानुनले बताइन्छ । धितोपत्र र ऋणपत्र गरी तीन सय १४ कम्पनीको दुई अर्ब ७९ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार न्यादी ग्रुप पावरको १७ करोड ७३ लाख रुपैयाँको भएको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सात करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सानिमा माई हाइड्रोपावरको सेयर मूल्य ६ करोड ३१ लाख रुपैयाँदेखि ६ करोड ९१ लाख रुपैयाँसम्मको कारोबार भएको  थियो ।  यसको सामान्य प्रभाव भए पछि  आजको  बजार केहोला भन्ने  लगानीकर्ताहरुमा चासो बढेको छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया