महानगरपालिकाले संकलन गर्यो ३६ करोड राजस्व

१ हप्ता अगाडि

वीरगञ्ज -  वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा  ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ ।  महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा  १२ करोड ७० लाख ४३ हजार सात सय ८२ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट  चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रहेको छ ।  महानगरले २४ वटा शीर्षकमा  राजस्व सङ्कलन गर्दै आएको छ ।  अघिल्लो  आर्थिक वर्षको  ९ महिनाको तुलनामा  २ करोडभन्दा बढी राजस्व संकलन गरेको महानगरले जनाएको छ । 

महानगरले चालु आव २०८०÷८१ को लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ  दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार  र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार छुट्याइएको थियो । महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट  एक अर्ब २० करोड ४४ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

१ हप्ता अगाडि

प्रतिक्रिया