नयाँ बर्षको चौथो दिनमा सुनको मुल्यको नयाँ रेकर्ड

१ हप्ता अगाडि

काठमाडौं- सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कायम भएको हो । यसअघि सुनको मूल्यले चैत ३० गते प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो ।

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार २०० रुपैयाँ रहेको छ । छापावाला सुनको मूल्य प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३८५ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया