सांग्रिला बैंक र बंजी नेपाल एडभेन्चबिच सम्झौता

१ हप्ता अगाडि

काठमाडौँ-  स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरामा स्थित बंजी नेपाल एडभेन्चर प्रा. लि बिच बैंकका ग्राहक महानुभावहरुलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख श्री रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चर प्रा. लि. को तर्फबाट अध्यक्ष श्री सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् ।


सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक महानुभावले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बंजी नेपाल एडभेन्चर प्रा. लि मा गई एकल बंजी गर्दा रु १००० र जोडी बंजी गर्दा रु १५०० सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया