सगरमाथा आरोहण गर्न आउने पर्वतारोहीको संख्या निकै ठूलो हुने संकेत

१ हप्ता अगाडि

काठमाडौँ- नेपालको पर्यटन विभागले हरेक हप्ता ६ हजार मिटरभन्दा माथिका हिमालहरूको आरोहण अनुमतिको सूची अपडेट गर्ने गरेको छ । पछिल्लो तथ्यांकलाई हेर्दा यो वर्ष पनि विश्वको सर्वाधिक अग्लो चुचुरो सगरमाथा आरोहण गर्न आउने पर्वतारोहीको संख्या निकै ठूलो हुने देखिएको छ ।

यद्यपि यो साल जम्मा कतिले सगरमाथा आरोहण गर्लान् भन्ने अन्तिम तथ्याङ्कहरू अनुमान गर्न गाह्रो छ । तथापि सगरमाथाको लोकप्रियता बढ्ने क्रम भने जारी छ। हरेक वर्ष सगरमाथा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार यो वर्ष पनि आरोहीको संख्याले नयाँ रेकर्ड बनाउने अपेक्षा राख्न सकिन्छ ।

गत वर्ष, अप्रिल १० मा सगरमाथा आरोहण अनुमतिको पहिलो सूची बाहिर आएको थियो। त्यसबेला २० टोलीले सगरमाथा आरोहणको अनुमति पाएका थिए । जसमा कुल १९७ विदेशी आरोही (१६६ पुरुष र ३१ महिला) थिए। यो वर्षको पहिलो अनुमति सूची सार्वजनिक भएको छ । चैत्र २० गते (२ अप्रिल) मा ८६ जना सगरमाथा आरोही (७० पुरुष, १६ महिला) ले अनुमति पाएको सुची सार्वजनिक भएको थियो। गएको चैत्र २८ गते (अप्रिल १०) सम्म आइपुग्दा गत वर्षको १९७ लाई पछि पर्दै यो वर्ष २०९ (१७० पुरुष, ३९ महिला) जनाले सगरमाथा आरोहणको अनुमति प्राप्त गरिसकेका छन्।  यो गत वर्षको भन्दा १२ जनाले बढी अनुमति पाइसकेका छन्।

यो तथ्याङ्कमा नेपाली सहयोगी पर्वतारोही र गाइडहरूको संख्या उल्लेख छैन। सामान्यतया तिनीहरूको अन्तिम संख्या दोब्बर भन्दा बढी हुने गरेको पाइन्छ। यहाँ बुझ्नु पर्ने कुरा के छ भने नेपालले दक्षिणबाट सगरमाथा आरोहण गर्नेहरूलाई मात्र गणना गर्छ। यस वर्ष धेरै टोलीहरूले तिब्बतको उत्तरपूर्वी मोहडाबाट चढ्न अनुमति पाएका विभिन्न सञ्चार मध्यमहरूले उल्लेख गरेका छन्।

पर्यटन विभागको गत वर्षको अन्तिम तथ्याङ्कले नेपाल तर्फबाट कुल ४७८ विदेशीले सगरमाथा आरोहणको अनुमति पाएको देखाएको छ। सिजनको अन्त्यमा अधिकारीहरूले सङ्कलन गरेको तथ्याङ्क अनुसार गत वर्ष ६५५ जना शिखरमा पुगेका थिए जनमा स्थानीय पर्वतारोहीहरू सहित रहेका छन् । तीमध्ये १५ जना स्थानीयले दुई पटक सगरमाथा आरोहण गरेका थिए भने लाक्पा सोना शेर्पाले तीन पटक शिखर चुमेका थिए ।

यस सिजनको सुरुमा विभिन्न सञ्चार माध्यमहरूले ४०० जनाले अनुमति लिने अनुमतिहरू अनुमान गरेका थिए । तर, पछिल्लो प्रवृत्ति जारी रह्यो भने अन्तिम आंकडा निकै उच्च हुने र सन् २०२४ मा सगरमाथामा अहिलेसम्म कै सर्वाधिक भिड भएर नयाँ रेकर्ड बनाउने सम्भावना देखिन्छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया