एक इन्स्योरेन्स कम्पनीले गर्‍यो बोनस दर सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौं- साविक महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ बोनस दर सार्वजनिक भएको छ । कम्पनीले आर्थिक वर्ष ०७९/८० को मुनाफामा सरिक हुने गरी अधिकतम ५५ रूपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो । 

प्रभु लाइफ र महालक्ष्मी लाईफ मर्ज भई हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट कारोबार भइरहेको छ । यी दुई कम्पनी एक भई असार २९ गतेदेखि एकिकृत कारोबार गरेका हुन । आगामी वर्षदेखि एकिकृत बोनस दर सार्वजनिक गर्ने भएपनि हाललाई दुई कम्पनीेले छुट्टा छुट्टै बोनस दर सार्वजनि गर्ने भएका हुन । 

साविक महालक्ष्मी लाइफले विभिन्न सात योजनाहरू लागू गरेको छ । महालक्ष्मी सावधिक जीवन बीमा योजनामा अधिकतम ५२ रूपैयाँ, महालक्ष्मी सरल जीवन बीमा योजनामा अधिकतम ५५ रूपैयाँ, महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा अधिकतम ५१ रूपैयाँ, महालक्ष्मी बाल बचत बीमा योजनामा अधिकतम ३९ रूपैयाँ, महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा अधिकतम ३५ रूपैयाँ, महालक्ष्मी धनधान्य बीमा योजनामा अधिकतम ३५ रूपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा अधिकतम ३५ रूपैयाँ बोनस दर निर्धारण गरेको हो । 

कम्पनीले जारी गरेको बीमालेखमध्ये महालक्ष्मी सावधिक जीवन बीमा योजना सर्वाधिक जारी भएको छ । यस योजना अन्तर्गत ५ देखि १५ वर्ष अवधिसम्मको ८ हजार बीमालेख जारी भएको हो । यसै बीमालेख अन्तर्गत ७ हजार ५३२ ओटा बीमालेख १६ देखि २५ वर्ष अवधिको लागि जारी भएको छ । सर्वाधिक बोनसदर रहेको महालक्ष्मी सरल जीवन बीमालेख भने ५ देखि १५ वर्ष अवधिका लागि ५०३ ओटा र १६ देखि २५ वर्ष अवधिका लागि १४७ ओटा जारी भएको कम्पनीले जानकारी दिएको छ । २०८० साल असार मसान्तसम्म जारी भएको बीमालेखहरू सोही वर्षको मुनाफामा सरिक हुने भनाई कम्पनीको छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया