कामना सेवा विकास बैंक र लक्ष्मि हेयर एण्ड बिउटि स्टुडियोबीच सम्झौता

१ हप्ता अगाडि

काठमाडौँ- कामना सेवा विकास बैंकले काठमाडौं स्थितलक्ष्मि हेयर एण्ड बिउटि स्टुडिया सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहक महानुभावहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया