सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको कार्यालय भवनको शुभारम्भ

बुधबार, ०५ बैशाख २०८१, १३ : ०४

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं। १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ ।

मंगलबार आयोजित एक औपचारिक कार्यक्रमबीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर खाँले माछापुच्छ्रे बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशी व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एवं व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरे । 

त्यस्तै बैंक संचालक समितिका अध्यक्ष केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा हर्ष लागेको बताए ।  साथै बैंकले गुणस्तरीय सेवा प्रदान गर्नको लागि कुनै पनि कुरामा सम्झौता नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।  उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एवं बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

बुधबार, ०५ बैशाख २०८१, १३ : ०४

प्रतिक्रिया