प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मुल्य

१ हप्ता अगाडि

काठमाडौं- बिहीबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । बुधबार स्थिर रहेको सुनको भाउ बिहीबार ६०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको भाउ १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३७४ दशमलव ९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ४ डलरमा कारोबार भइरहेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया