एक वर्षमा साढे १६ हजारले गरे प्याराग्लाइडिङ

१ हप्ता अगाडि

काठमाडौं - पोखरामा एक वर्षको अवधिमा साढे १६ हजारले प्याराग्लाइडिङ यात्रा गरेको तथ्यांकले देखाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सन् २०२३ को फाइनल तथ्यांक अनुसार यस वर्ष १६ हजार ४६८ जनाले पोखराको प्याराग्लाइडिङ चढेका छन् । यस वर्ष ६ हजार ९९३ जना विदेशी र ९ हजार ४७५ जना नेपाली नागरिकले प्याराग्लाइडिङ चढेको तथ्यांक छ । अघिल्लो वर्ष सन् २०२२ मा पोखरामा १४ हजार ९६० जनाले प्याराग्लाइडिङ चढेका थिए ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया