कृषि विकास बैंकको नाफा करिब दोब्बर

१ हप्ता अगाडि

काठमाडौं- कृषि विकास बैंकका वित्तीय सूचकहरुमा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा २ अर्ब ५ करोड छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा करिब दोब्बर भएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो नाफा १ अर्ब ४ करोड थियो ।

खुद ब्याज आम्दानी बढ्नु, निष्क्रिय कर्जासँगै लोन लस प्रोभिजन घट्नुले बैंकको नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ । चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब २० करोड छ, पहिले ६ अर्ब २४ करोड थियो । बैंकले लोन लस प्रोभिजनवापत १ अर्ब ५२ करोड छुट्याएको छ, पहिले २ अर्ब १६ करोड छुट्याएको थियो ।

चैत मसान्तसम्म वितरणयोग्य नाफा १ अर्ब २८ करोड छ । बैंकको निष्क्रिय कर्जा घटेको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश चैत मसान्तसम्म ३.३० प्रतिशत छ । गत आर्थिक वर्षको चैतमा यस्तो कर्जा ४.२० प्रतिशत थियो । बैंकको सीडी रेसियो ७९.५७ प्रतिशत छ । त्यस्तै आधार दर ८.६८ प्रतिशत तथा स्प्रेड दर ३.९२ प्रतिशत छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया