सिटिजन्स बैंक १८ औँ  बर्षमा प्रवेश

१ हप्ता अगाडि

काठमाडौं- बाणिज्य बैंकको रुपमा २०६३ सालमा स्थापित सिटिजन्स बैंकले आज सत्र वर्ष पूरा गरेको छ । सत्रवर्षको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगती हासिल गरेको छ । बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ  रहेको छ ।

यस बैंकले रु.१ खर्ब ८४ अर्ब निक्षेप संकलन गरी रु.१ खर्ब ५६ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ भने देशभरका १९० शाखा एवं सेवा केन्द्रमार्फत १७लाखभन्दा बढी सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तवरले आधुनिक सूचना प्रविधिको माध्यमबाट विभिन्न कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरुको सरल एवं ग्राहक मैत्री सेवा प्रवाह गर्दै आएको छ । वित्तीय क्षेत्रको एक अग्रणी संस्थाको रुपमा स्थापित यस बैंकले झण्डै दुइ हजार पाँचसय व्यक्तिलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया