जमिन मुनी पानीको चरम दुरुपयोगले भासियो चीनको आधा सहर

१ हप्ता अगाडि

काठमाडौँ -  चीनको लगभग आधा प्रमुख सहरहरू जमिन मुनिको पानीको अत्यधिक दोहन, भवन निर्माण र भवनको भारका कारण सहरहरू भासिरहेको अनुसन्धानकर्ताहरूले बताएका  छन् । 

केही सहर तीव्र गतिमा भासिरहेका छन् । प्रत्येक ६ ओटा सहरमध्ये एउटा सहर बर्सेनि १० एफएम भन्दा बढीको दरमा भासिरहेको छ । हालैका दशकमा चीनमा व्यापक सहरीकरण भएको  छ । यस्तोमा जमिन मुनिको पानीको प्रयोग पनि व्यापक बनेको छ । समुद्री सतह अग्लिँदै जाँदा तटीय क्षेत्रहरू डुबानमा परेर दसौँ लाख मानिस प्रभावित हुने खतरा बढेको छ । चिनियाँ सहरहरू भासिन थालेको कुरा नौलो होइन ।

सन् १९२० को दशकमै शाङहाई र तियानचिन भासिएको प्रमाण भेटिएको थियो । गएको एक शताब्दीमा शाङहाई ३ मिटरभन्दा धेरै भासिसकेको बताइएको छ । हालैका दशकमा तीव्र गतिमा सहरीकरण भएका र बस्ती बढेका सहर भासिएको प्रमाण सर्वत्र देख्न  पाइन्छ । समस्याको स्तर बुझ्न कयौँ चिनियाँ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको एक समूहले २० लाख जनसङ्ख्या भएका ८२ सहरको जाँच गरेका थिए । देशभरमा जमिन भासिने क्रम हेर्न सेन्टिनल–१ सेटलाइटको डेटा प्रयोग गरिएको थियो । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया