खल्तीको ' खल्ती सुरक्षा प्लस’ प्याकेज सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौँ - डिजिटल वालेट ‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ।

मात्र रु ७०० बाट सुरु हुने यस प्याकेजमा प्रयोगकर्ताले रु ५,३०,००० सम्मको स्वास्थ्य, दुर्घटना,  र जीवन बिमा साथै रु १,५०,००० बराबर को विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन् । १८ वर्ष देखि ६० वर्ष सम्मका प्रयोगकर्ताले ‘खल्ती सुरक्षा प्लस’ को सब्स्क्रिब्सन लिन सक्नेछन्। सब्स्क्रिब्सन लिएका प्रयोगकर्ताहरूले  जीवन बिमा स्वरूप  रु २,५०,०००  गम्भिर बिमारीको उपचार खर्च स्वरूप  रु ५०,००० र अस्पताल भर्ना, दुर्घटना तथा अन्त्येष्टि खर्च स्वरूप रू २,३०,००० सम्म दाबि गरि कूल रू ५,३०,००० सम्मको स्वास्थ्य सुरक्षा प्राप्त गर्न सक्नेछन् । यस लगायत प्रयोगकर्ताहरूले  ‘खल्ती सुरक्षा प्लस’ अन्तर्गत रु १,५०,००० को आँखा, कपाल, छाला, सम्बन्धित स्वास्थ्य सेवाहरू को लाभ उठाउन सक्ने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । 

१ हप्ता अगाडि

प्रतिक्रिया