सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

१ हप्ता अगाडि

काठमाडाैं - यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् ।

अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए । विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म र ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ राजस्व सङ्कलन भएको विभगले जनाएको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया