सातामा दुई प्रतिशतले घट्यो, आगामी साता कस्तो गतिलिन सक्ला ?

हामीले प्राधिक पक्षलाई हेर्ने हो भने तल देखाएको चार्टमा  साताभरीको कारोबारको सुरुवात, उच्चतम् विन्दु र न्युनतम् विन्दु र बजार क्लोजको अबस्थालाई देखाएइको छ ।

१ हप्ता अगाडि

काठमाडाैं - साताभरिमा नेप्से परिसूचक २.६५ प्रतिशतले घटेको छ । साताभरिमा चारदिन कारोबारहुँदा नेप्से सूचक कूल ५३ दशमलव ५४ अंकले घटेको हो।  सातामा पाँचदिन कारोबार हुने सेयर बजारमा बुधबार सार्वजनिक विदा परेको हुँदा कारोबार हुन नसकेको हो ।

बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता निराश बनेका छन् । अन्तर्राष्ट्रिय सेयर बजारमा उछाल आइरहेको बेलामा नेपालको सेयर बजार भने निरश बन्ने पुगेको छ । हुन त सेयर बजार भनेको संधै एउटै गतिमा हुँदैन देशको आर्थिक सामाजिक र राजनीतिक परिदृश्यले फरक पार्छ  । त्यसैले पनि सेयर बजारलाई आर्थिक मापन गर्ने एउटा सूचकको रुपमा लिइन्छ । 

यहि सूचकमाआएको निरन्तर गिरावटले हाम्रो अर्थतन्त्र पनि ठिक छैन कि भन्ने संकेत गरेको छ । यो साता २.६५ प्रतिशतले घटेर १९७२.१४ मा बन्द भएको छ । अघिल्लो साताको तुलनामा १.०६ प्रतिशतले बढेर नेप्से सूचक गत साता २,०२५.३० मा बन्द भएको थियो । यो साता परिसूचक २,०३१ दशमलव ८६ सम्म उच्च रहेको थियो भने  १,९६७ दशमलव ४५ बिन्दुमा गएर ६४ दशमलव ४१ अंकको अस्थिरता देखिएको छ । अघिल्लो साता परिसूचकले ४५ दशमलव ४० अंकको अस्थिरता देखाएको थियो ।

यो साता कूल १० अर्ब रुपैयाँ माथिको कारोबार भएको थियो भने अघिल्लो साता तीन दिन मात्र भएको सेयर कारोबारमा ११ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको थियो । यस साता दैनिक औसत कारोबार दुई अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता ३ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

के छ प्राविधिक पक्ष ? 

हामीले प्राधिक पक्षलाई हेर्ने हो भने तल देखाएको चार्टमा  साताभरीको कारोबारको सुरुवात, उच्चतम् विन्दु र न्युनतम् विन्दु र बजार क्लोजको अबस्थालाई देखाएइको छ । पछिल्लो दुईदिन नेप्से सूचक २ हजार विन्दुमै टिइरहेको देखिए पनि विस्तारै अर्कोदिन गरेर १९ सयको विन्दुबाट पनि तल चुहिन लागेको चित्रमा देख्न सकिन्छ । यसले आगामी  दिनको बजारलाई अझै ऋणात्मक तर्फ जाने संकेत गरेको पाउँछौ । 

nepse weekly chart

 

लगानीकर्ताले एक सातामै गुमाए ८६ अर्ब

यो साताभित्र सेयर लगानीकर्ताहरुले ८६ अर्ब रुपैयाँ गुमाएका छन् । बजारमा आएको निरन्तर गिरावट कारणले लगानीकर्ताहरुले यो साता घाटा सहनु परेको हो । अघिल्लो साता कूल पुँजीकरण ३२ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो । यो साता ३१ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । 

यस साता निरन्तर घटेको बजारमा पनि  सबैभन्दा धेरै नाफा  कमाउने कम्पनीमा मेन्छियम हाइड्रो पावर रहेको छ । कम्पनीले यो साता ३९ रुपैयाँले बढेको छ । अघिल्लो साता ३७० रुपैयाा रहेको कम्पनीको सेयर यो साता आइपुग्दा ४०९ रुपैयाँ पुगेको छ । त्यस्तै सबैभन्दा घट्ने कम्पनीमा गुराँश लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य रहेको छ । संस्थाको सेयर मूल्य प्रतिकित्ता २३ सय ४० रुपैयाँबाट घटेर १८ सय ३६ रुपैयाँमा आइपुगेको छ । सातामै ५०४ रुपैयाँ यो कम्पनीका लगानीकर्ताहरुले गुमाउन पुगेका छन् ।

त्यस्तै साताभरी सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा ब्रोकर नम्बर ५८ नासा सेक्युरेटिज रहेको छ । कम्पनीले यो साता ६० करोड ३२ लाख रुपैयाँको सर्वाधिक धेरै सेयर किनेको छ । त्यस्तै सबैभन्दा धेरै सेयर बेच्ने कम्पनीमा ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरेटिज ५४ करोड ४२ लाख रुपैयाँको कारोबार सेयर विक्रि गरेको छ । 

 

  

१ हप्ता अगाडि

प्रतिक्रिया