रायो साग आम्दानीको स्रोत बन्दै

१ हप्ता अगाडि

काठमाडौँ - भीमेश्वर नगरपालिका- ७ मकैवारिका किसानहरूले अरू तरकारीभन्दा बेमौसमी रायो साग खेतीमा करोडौँको आम्दानी भएकाले किसान यसप्रति बढी आकर्षित भएका छन् ।

केबी अर्ग्यानिक कृषि फार्मका सञ्चालक कृष्ण तामाङका अनुसार उनले मात्रै साढे छ रोपनीमा साग मात्र लगाउनु भएको छ । उनले भने बेमौसमको रायोको साग प्रतिकिलो ६० रुपियाँमा बिक्री हुने गरेको छ । करिब तीन महिनाको अवधिमा सागबाट मात्र पाँच लाख रुपियाँको बिक्री भएको छ । बेमौसमीको भएकाले महँगोमा बिक्री हुन्छ । काउलीबाट छ लाख र जाँगरबाट ५५ हजार रुपियाँ आम्दानी भएको छ । 

साग पाँच पटकसम्म टिप्न सकिन्छ । पहिलो पटक पाँच सय किलो र प्रत्येक पटक करिब सय किलो जति घट्दै जान्छ । उनले भने अरू तरकारीभन्दा सागमै किसान बढी आकर्षित भएका छन् । वैशाखमा साग बिक्री भइसक्छ । अनि आलु खेती हुन्छ । यसबाट पनि राम्रै आम्दानी हुन्छ । साग उत्पादनमा पनि खासै झन्झट छैन । बजारको पनि समस्या छैन । कालीमाटी लगिन्छ । घरघरमै लिन आउँछन् । दिनमा पाँच÷छ ट्रक साग कालीमाटी जाने गरेको छ । 

यो बस्तीबाट वैदेशिक रोजगारीमा जाँदैनन् । उनले भने मेरैमा मात्र पाँच जना मजदुर नियमित र आंशिकमा ९० जना खट्छन् । गाउँमा दुई सय घरधुरीले रायोको सागको व्यापार गर्छन् । सागैसागको हरियाली हुन्छ । पुरानो नाम मकैवारिबाट गाउँ तरकारीवारिमा परिणत भइसकेको छ । उनी विद्यालयको पढाइ सकेर काठमाडौँ पढ्न गइका थिए। पढ्न छोडेर मजदुरी गर्न लागे । उनले भने, १० वर्ष काठमाडौँले मजदुरीले खासै उँभो नलागेपछि गाउँ फर्किएको हुँ । अहिले बरु तरकारी खेतीबाट तीन वर्षमै घर खर्च कटाएर साढे दुई रोपनी जग्गा खरिद र घर निर्माण गर्न सफल भएको छु । 

१ हप्ता अगाडि

प्रतिक्रिया