महिला समूह महिलालाई उन्नत बाख्रा सहयोग

१ हप्ता अगाडि

काठमाडौँ - हुम्लाका महिला समूह तथा सहकारी संस्थाका महिला सदस्यहरुलाई  आयआर्जनमा टेवा पुर्‍याउने उद्धेश्यले जिल्ला बाहिरबाट खरिद गरिएका उन्नत जातका बाख्रा सहयोग गरिएको छ । 

ताँजाकोट गाउँपालिका– १ को जिमाना गाउँको कुलदेवशिल्तो महिला समुहका सदस्यलाई उन्नत बाख्रा सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए  । उक्त गाउँ जिल्ला कै दुर्गम बस्तीमा पर्छ । यसअघि ती महिला समुहहरुले कहिल्यै अनुदान सहयोग पाएका थिएन । जिमाना गाउँमा स्थानीयले बाख्रा पालन हुँदै आएको भएपनि त्यसबाट किसानले फाइदा लिन नसकेको ठहर गर्दै शाखाले ३५ जना महिला सदस्यहरुलाई एक(एक वटा उन्नत बाख्रा सहयोग गरेको हो ।

बाख्रा पालनबाट महिलाहरुको आयआर्जनमा सहयोग पुग्ने र पोषणमा सुधार आउने विश्वास गरिएको प्रमुख ढकालले बताए । गाउँपालिका अध्यक्ष लालकेश जैसीले बाख्रा बितरण गरेका हुन् । उनले यसबाट महिला सदस्यहरुले सदुपयोग गर्दै आर्थिक फाइदा लिनुपर्ने बताए । वर्षमा दुई पटक बेहुने र एक पटकमा दुईदेखि तीन पाठपाठी जन्माउने भएको कारण पनि किसान फाईदामा जाने उनको विश्वास छ 

१ हप्ता अगाडि

प्रतिक्रिया