३२ सय मेगापिक्सेलको संसारकै ठूलो डिजिटल क्यामरा

१ हप्ता अगाडि

काठमाडौँ -  वैज्ञानिकहरुले ३ हजार २ सय मेगापिक्सेलको विश्वको हालसम्मकै सबैभन्दा ठूलो डिजिटल क्यामरा निर्माण गरेको दावी गरेका छन् ।

विभिन्न रिपोर्टसका अनुसार उक्त क्यामराको नाम ‘एलएसएसटी’ राखिएको छ । जुन दक्षिण अमेरिकी मुलुक चिलीमा रहेको भेरा सी रुबिन अब्जरभेटरीमा राखिनेछ । अन्तरिक्षको अध्ययनसँगै ब्रम्हाण्डका अन्य रहस्यहरुको खुलासा गर्नका लागि लागि यो क्यामरा सहयोगी हुने अपेक्षा गरिएको छ । यो क्यामरा करीब २० वर्ष लगाएर निर्माण गरिएको हो ।

यो क्यामेराले अन्तरिक्षको एचडी तस्वीर खिच्ने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् ।यस्तै यो क्यामराले डार्क म्याटर, डार्क इनर्जी, आकाश गंगा तथा सौर्यमण्डलको अध्ययन गर्नमा सहयोग गर्ने वैज्ञानिकहरुको दावी छ । अमेरिकाको नेसनल साइन्स फाउन्डेसन र अमेरिकी ऊर्जा मन्त्रालयको सहयोगमा एल एस एफ नोयरल्यावले सो क्यामराको निर्माण गरेको हो । युनिभर्सिटी अफ वासिङ्टनका प्राध्यापक जेल्को इभेजिकका अनुसार क्यामराले अन्तरिक्षका नयाँ भिडियोसँगै उत्कृष्ट तस्वीर खिच्नेछ ।

१ हप्ता अगाडि

प्रतिक्रिया