कामना सेवाले गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२ हप्ता अगाडि

काठमाडौँ - कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

मेडिकल कलेजका करिब २०० जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिइएको हो ।  कार्यक्रम पश्चात् गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबिच सेवा छुट सम्बन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कामना सेवा विकास बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकको मोबाइल बैंकिङ्ग सेवा तथा कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गण्डकी मेडिकल कलेजका प्राचार्य डा.रवीन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया