दोलखा दूधबाट आत्मनिर्भर बन्यो

२ हप्ता अगाडि

काठमाडौँ - दोलखामा पछिल्लो समय गाई र भैँसीको व्यवसायिक पालन बढेपछि आत्मनिर्भर बनेको छ ।

दूधमा राम्रो आम्दानी र गाउँगाउँमै दूध संकलन हुन थालेपछि गाइभैँसी पाल्ने स्थानीय बढ्दै गएका छन् ।  जिल्लाभित्र माग पुगेपछि पछिल्लो समय दूधजन्य सामग्री विभिन्न जिल्लामा निर्यात हुन थालेको छ । आर्थिक वर्ष ०७९\८० मा १२ हजार ३३४ केजी छुर्पी दोलखाबाट इलाम र काठमाडौं निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४० हजार केजीभन्दा बढी छुर्पी निर्यात गरिएको दोलखा दुग्ध उद्योग लिमिटेड दोलखाका लेखा प्रमुख प्रदिप सिवाकोटीले जानकारी दिए आर्थिक वर्ष सकिन अझै तीन महिना बाँकी रहेकाले थप छुर्पी निर्यात हुने सिवाकोटीले बताए । उद्योगले किसानलाई गाई र भैंसी पालनमा जोड दिन आग्रह गर्दै आएको छ ।

दैनिक रुपमा डेरीमा दूध संकलन गर्न सकेमा आर्थिक रुपमा सक्षम र आयआर्जनमा टेवा पुग्न सक्ने भएकाले किसानलाई यसतर्फ लाग्न बेला बेलामा अभिमुखी कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । दोलखा दुग्ध उद्योगमा हाल दैनिक चार हजार एक सय लिटर दूध संकलन हुँदै आएको छ । दोलखाको आठ वटा पालिका र रामेछापको खिम्तीबाट दूध संकलन गरिरहेको सिवाकोटीले जानकारी दिनुभयो । खिम्तीबाट दैनिक ६ सय लिटर दूध संकलन हुँदै आएको छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया