सगरमाथा दिवसमा आधार शिविर मनाउने

१ हप्ता अगाडि


काठमाडौं - सरकारले यस वर्षको सगरमाथा दिवस आधार शिविरमा मनाउने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितराज तामाङले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अघिल्लो साता मन्त्रीको अध्यक्षतामा हुने सगरमाथा आयोजक समितिको बैठक बसेको थियो ।

सो बैठकले सगरमाथा दिवसको मूख्य कार्यक्रम प्रधानमन्त्रीको उपस्थितिमा आधार शिविरमा गर्न तयारी थाल्ने निर्णय गरेको उनले जानकारी दिए । सगरमाथा दिवस २९ मेमा पर्छ । सामान्यतया १५ जेठका दिन गणतन्त्र दिवस र बजेट समेत पर्ने गर्छ । सोहीकारण प्रधानमन्त्रीलाई लैजान सम्भव हुने थिएन । यस पटक २९ मे १६ जेठमा पर्ने भएकाले प्रधानमन्त्रीको समय मिलाउन समेत सम्भव देखिएको उनले बताए ।

१ हप्ता अगाडि

प्रतिक्रिया