काठमाडौँ - स्याउको गाउँ भनेर चिनिने सिन्धुपाल्चोकको हेलम्बुमा हिजोआज भने स्याउको बोट भेट्न मुस्किल परेको छ ।
मौसम प्रतिकुल हुँदा हेलम्बुमा स्याउका बोट मासिँदै गएको छ भने बोटहरू सुक्न थालेका छन् । स्याउ खेतीमा समस्या देखिएपछि स्थानीय किसान स्याउको विकल्प खोजी रहेका छन् । हेलम्बुको स्याउ भनेपछि स्वदेशी मात्र नभइ विदेशी नागरिकको पनि स्याउ किन्न लाइन हुने गरेको थियो ।
शेर्माथानदेखि थुन्चेमा स्याउ बोकेर काठमाडौं पुग्ने हेलम्बुु गाँउपालिका–२ का जोङबुु शेर्पाले हिजोआज आफ्नो बगैँचामा अहिले भएका स्याउका बोटसमेत सुक्न थालेको बताउनुभयो । २०४५ सालमा आएको हावाहुरीले स्याउको बगैँचा सखाप पारेपछि त्यसबेलाको चर्चित स्याउको याद मात्रै बाँकी रहेको हो ।
हेलम्बुको सेर्माथाङ, छिमी, नाकोते, तार्केघ्याङजस्ता स्याउका गाउँहरू अब उराठलाग्दा देखिन्छन् । गोल्डेन डेलिसेस, रोयल डेलिसेसलगायत चार जातको स्याउ हेलम्बुमा उत्पादन हुने गरेको थियो । ३५ वर्षअघि हुुरीले बगँैचा सखाप बनाएपछि स्याउका बोट पलाएनन् । नयाँ बिरुवा लगाए पनि बिरुवा नहुर्कीदै मर्ने गरेको किसानको गुनासो छ ।
प्रतिक्रिया