५ को नोट एक अर्ब ७५ करोड रूपैयाँ बराबरको छापिँदै

सोमबार, १० बैशाख २०८१, १४ : २७

काठमाडौँ - नेपाल राष्ट्र बैंकले पाँच रूपैयाँको ३५ करोड पिस नयाँ नोट छाप्न लागेको छ। 

पाँच रूपैयाँका एक अर्ब ७५ करोड रूपैयाँ बराबरको नोट छापिन लागिएका हुन् । यसको लागि मे १० मा बिहान ११ बजे 'प्रि विडिङ' हुनेछ भने ३ जुनको १२ बजेसम्म गोप्य बोलकबोल पेस गर्नुपर्ने भएको छ । यस्तो विडिङ एक सय २० दिनसम्म योग्य रहनेछन्। बोलकबोलको क्रममा २ करोड १० लाख रूपैयाँ बराबर धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ।


 

सोमबार, १० बैशाख २०८१, १४ : २७

प्रतिक्रिया