हिमालयन बैंकको सीईओमा राणा नियुक्त

सोमबार, १० बैशाख २०८१, १५ : ५८

काठमाडौं- हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन्। उनलाई बैंकको संचालक समितिको बैठकले थप ४ वर्षको लागि नियुक्त गरेको हो।

बाफिया कार्यान्वयनमा आएपछि राणाको यो दोस्रो कार्यकाल हो। उनी २०७६ चैतमा बैंकको सीईओमा नियुक्त भएका थिए।

२७ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत उनी १६ वर्षदेखि हिमालयन बैंकको नेतृत्वमा छन्।

सोमबार, १० बैशाख २०८१, १५ : ५८

प्रतिक्रिया