२९ करोडको सुन्तला सल्यानबाट निकासी

१ हप्ता अगाडि

काठमाडौँ - सल्यानबाट यस वर्ष २९ करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी भएको छ। 

 सल्यानमा यस वर्ष ३८ हजार ६ सय ५३ क्विन्टल सुन्तला निकासीबाट २९ करोड ३४ लाख ६६ हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । गत वर्षभन्दा यस वर्ष ११ प्रतिशतले उत्पादन घटेको कार्यालयका प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार गर्त वर्ष ३३ करोड ७० लाख रुपैयाँबराबरको सुन्तला जिल्लाबाहिर निकासी भएको थियो।

यस वर्ष सबैभन्दा धेरै बागचौर नगरपालिकाबाट १८ हजार दुई सय ९५ क्विन्टल सुन्तला निकासीबाट १५ करोड २० लाख ३० हजार  रुपैयाँ भित्रिएको छ। यस्तै छत्रेश्वरी गाउँपालिकामा आठ करोड ६५ लाख ९९ हजार तथा त्रिवेणी गाउँपालिकामा किसानले ५२ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेका छन् । सल्यानका १० स्थानीय तहमध्ये कालीमाटी गाउँपालिकाबाहेक अन्य नौ तहमा व्यावसायिक सुन्तला उत्पादन हुँदै आएको छ। जिल्लामा एक हजार चार सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको छ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया