सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

१ हप्ता अगाडि

काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले वैशाख १० गते पृथ्वी दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने र वातावरणीय समस्याहरुको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरुका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको छ । 

बैंकले यस दिवसको अवसरमा सरसफाई र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरु आयोजना गरेको थियो  । बैंकले सरसफाई कार्यक्रम अन्तर्गत देशकोसातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । साथै, बैंकले बालबालिकाहरुलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरुको बारेसचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘एबिलभत खक एबिकतष्अ’ मा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो ।

यस्ता कार्यक्रमहरुले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिकको प्रयोगका साथै प्रदुषणबाट पर्ने नकारात्मक असरको बारेमा जनचेतना फैलाइ जनमानसमा वातावरण स्वच्छ र सफा राख्न समेत प्रेरित गर्नेछ भन्ने बैंकले जनाएको छ  । सिद्धार्थ बैंक लिमिटेडले देशैभरी फैलिएको आफ्ना १९६ वटा शाखा - ५ वटा एक्स्टेन्सन्काउन्टर सहित-, ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ वटा एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंक बताएको छ  ।

१ हप्ता अगाडि

प्रतिक्रिया