नौ महिनामा १ अर्ब सुन्तला आयात

१ हप्ता अगाडि

काठमाडौँ - नौ महिनामा १ अर्ब बढी रुपैयाँको ‘राष्ट्रिय फल’ सुन्तला  आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ३५ करोड रुपैयाँको ताजा सुन्तला आयात भएको हो । 

सो सुन्तला इजिप्ट, चीन, भारत र दक्षिण अफ्रिकाबाट आयात भएका छन् । यी मुलुकबाट नौ महिनाको अवधिमा १९ हजार मेट्रिक टन फ्रेस सुन्तला आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । सो मात्राको सुन्तला आयात गरे विपत् सरकारले १९ करोड राजस्व सङ्कलन गरेको छ ।  यस्तै, नौ महिनामा तीन लाख रुपैयाँको सुन्तलाको जुस भित्रिएको छ । सो रकम बराबर एक हजार लिटर सुन्तला जुस भित्रिएको हो । यसबाट सरकारले १ लाख राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । थाइल्यान्ड, मल्टा, चीन र भारतबाट सुन्तला जुस भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया