क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा ऋषिराज मोर नियुक्त

१ हप्ता अगाडि

काठमाडौं- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको तर्फबाट सञ्चालक समितिको अध्यक्षमा ऋषिराज मोर नियुक्त भएका छन् । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समूहको तर्फबाट मोर निर्विरोध रूपमा अध्यक्ष बनेका हुन् । 

अध्यक्ष पदमा चयन पश्चात कम्पनीका अध्यक्ष ऋषिराज मोरले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।  उक्त शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पदाधिकारीहरू लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीको लगायतको उपस्थिति रहेको थियो ।  

१ हप्ता अगाडि

प्रतिक्रिया