सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

१ हप्ता अगाडि

काठमाडौं - सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३३.८ प्रतिशत बढाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म खुद नाफा २९ करोड ५४ लाख रुपैयाँ छ ।

गत आवको यसै अवधिमा यस्तो नाफा २२ करोड ६ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी बढेसँगै नाफामा प्रगति देखिएको हो । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा ६ अर्ब ३७ करोड रुपैयाँ खुद प्रिमियम आम्दानी गरेको छ । गत आवको यसै अवधिमा ४ अर्ब ५९ करोड थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८.६७ प्रतिशत छ । चैत मसान्तसम्म विभिन्न क्षेत्रमा यस कम्पनीले कुल ३३ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको छ । यस्तो लगानी गत आवको चैत मसान्तसम्म २७ अर्ब ८३ करोड थियो ।

१ हप्ता अगाडि

प्रतिक्रिया