कृषि अनुदानबाट ९८ प्रतिशत कृषक वञ्चित

१ हप्ता अगाडि

काठमाडौँ - लमजुङका कृषकहरु मध्ये ९८ प्रतिशत कृषककहरु सरकारी अनुदानबाट वञ्चित भएको पाइएको छ । सातौँ कृषि जनगणनाका तथ्याङका अनुसार कृषकहरुको हितका लागि सरकारले वितरण गर्ने अनुदानबाट कृषक वञ्चित रहेका छन् । 

 जिल्लाका ३१ हजार नौ सय १२ कृषक परिवार मध्ये आठ प्रतिशत कृषकहरु मात्रै कृषि अनुदानमा रहेका छन् भने ९८ प्रतिशत कृषकहरु सरकारी अनुदानबाट वञ्चित रहेको गणनाको तथ्याङ्कले देखाएको छ ।तथ्याङ्क अनुसार लमजुङको सबैभन्दा धेरै कृषि अनुदान प्राप्त गर्ने कृषक परिवार मध्यनेपाल नगरपालिकामा रहेका छन् । मध्यनेपाल नगरपालिकामा रहेका ४ हजार ८ सय १४ कृषक परिवार मध्ये २० प्रतिशतले कृषि अनुदान प्राप्त  गरेका हुन् ।

त्यसैगरी, क्व्होलासोथर गाउँपालिकामा रहेका एक हजार आठ सय ६७ कृषक परिवार मध्य ११ प्रतिशत कृषक परिवारले कृषि अनुदान पाएका छन् । राइनास नगरपालिकामा चार हजार तिन सय ४० कृषक परिवार रहेको नौ प्रतिशतले कृषि अनुदान प्राप्त गरेका छन् ।त्यस्तै, सुन्दरबजार नगरपालिकाका पाँच हजार २९ कृषक परिवार मध्य सात प्रतिशतले कृषक परिवारले अनुदान पाएका छन् । दुधपोखरी गाउँपालिकामा ६ प्रतिशत, बेसीशहर नगरपालिकामा ५ प्रतिशत, मर्स्याङ्दी गाउँपालिकामा ४ र दोर्दी गाउँपालिकामा २ प्रतिशतले कृषि अनुदान प्राप्त गरेको तथ्याङ्कले देखाएको छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया